काठमाण्डौ : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । सभापति रवि लामिछानेले आइतबार दिउँसो साढे ३ बजे बस्ने गरी बैठक बाेलाएका हुन् ।
बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । सचिवलायमा बैठकका लागि ६ वटा एजेन्डा तय गरिएका छन् ।
प्रवक्ता झाका अनुसार जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन सम्बन्धी विषय, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, विज्ञहरू, योजना आह्वान र विविध जस्ता एजेन्डा छन् ।
छैटौँ विविध अन्तर्गत प्रतिनिधि सभाका सदस्यको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समितिको बैठक, संसदीय दलको लागि प्राविधिक सहायता एवं लेबी सम्बन्धी विषयमा पनि छलफल हुने बताइएको छ ।
२०८३ बैशाख ६, आईतबार