+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्ट्रेट अफ होर्मुज पुनः बन्द गरिएको इरानको घोषणा, नजिक आए आक्रमण गर्ने चेतावनी

अत्रिदेव खबर
२०८३ बैशाख ६, आईतबार

काठमाण्डौ : इरानले महत्त्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुज पुनः बन्द गर्ने घोषणा गरेको छ । शनिबार होर्मुजवरपर केही जहाज आक्रमणमा परेको खबर सार्वजनिक भएसँगै यो निर्णय आएको हो ।

इरानी सेनाको इस्लामिक रेभोलुस्नरी गार्ड कोर्प्स (आईआरजीसी)ले अमेरिकाले लगाएको बन्देजका कारण यस्तो कदम चालिएको जनाएको छ । एकदिनअघि मात्र इरानले जलमार्ग अस्थायी रूपमा खुला गरिएको घोषणा गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले जलमार्गलाई लिएर अमेरिकामाथि दबाब सिर्जना गर्न नसक्ने बताएका छन् । करिब दुई महिनादेखि अवरुद्ध यो मार्गका कारण विश्व ऊर्जा मूल्यमा तीव्र वृद्धि भएको छ ।

आईआरजीसीले पर्सियन गल्फ र ओमान सागर क्षेत्रमा जहाजहरूलाई स्थिर रहन निर्देशन दिँदै जलमार्ग नजिकिनुलाई ‘शत्रुसँगको सहकार्य’ ठहर गरिने चेतावनी दिएको बीबीसीले जनाएको छ । अमेरिका–इरानबीचको अस्थायी युद्धविराम २२ अप्रिलमा समाप्त हुने क्रममा छ ।

यसबीच, अमेरिकी नाकाबन्दीका कारण अहिलेसम्म २३ जहाज फर्काइएको जनाइएको छ भने इरानले यसलाई युद्धविराम उल्लंघन भन्दै पुनः मार्ग बन्द गरेको छ ।

शनिबार केही जहाजमाथि गोली प्रहार र आक्रमणका घटनाहरूसमेत रिपोर्ट सार्वजनिक भएका छन् । विश्वको करिब २० प्रतिशत तेल र ग्यास ढुवानी हुने यस जलमार्गमा तनाव बढेसँगै ऊर्जा बजारमा पुनः अस्थिरता देखिएको छ ।

२०८३ बैशाख ६, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८३ बैशाख ६, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ



ADVERTISEMENT
New Star English Boarding School