काठमाण्डौ : चालु आर्थिक वर्षको ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ ।
उद्योग विभागका अनुसार गत साउनदेखि चैत मसान्तसम्म ६१५ परियोजनाका लागि कुल ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो, जसमार्फत २२ हजार ३१६ जनालाई रोजगारी दिने पनि प्रतिबद्धतामा उल्लेख उद्योग विभागले जनाएको छ ।
विभागका अनुसार पछिल्लो चैत महिनामा मात्र विभिन्न ६१ वटा परियोजनाका लागि १ अर्ब १२ करोड ९२ लाख रूपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
सरकारमा नहुँदा आम नागरिकका विषयमा भाषण गर्ने तर आफ्नै सरकार हुँदा राहत दिनुपर्नेमा त्यसो नगरेर झनै मूल्यवृद्धि थोपर्दै लगेर नागरिकको ढाड सेकिरहेको आरोप लाग्दै आएको छ ।
आयल निगमले हिजो बिहीबारदेखि लागु हुने गरी डिजेल मूल्यमा प्रतिलिटर ३० रुपैयाँ बढाइएको मूल्यसूची सार्वजनिक गरिसकेको छ ।
डेढ महिनाअघि प्रतिलिटर १ सय ४२ रुपैयाँ रहेको डिजेल अहिले २ सय ३७ रुपैयाँ पुगेको छ भने विगत दुई महिनामा पेट्रोलको मूल्य पनि १ सय ५७ बाट बढेर २ सय १९ रुपैयाँ कायम भएको छ ।
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गर्दा समेत निगमले घाटा अझै उच्च रहेको बताएको छ । नयाँ मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा (पाक्षिक) ५ अर्ब ७५ करोड रुपैयाँ घाटा हुने तथ्यांक सार्वजनिक गरेको छ । यो मूल्य बढाउनुअघि निगमको पाक्षिक घाटा ७ अर्ब ८१ करोड ६१ लाख रहेको तथ्यांक थियो ।
निगमका अनुसार नयाँ मूल्य लागु भएपछि पनि डिजेलमा सबैभन्दा बढी प्रतिलिटर ९९ रुपैयाँ १६ पैसा घाटा छ । त्यसैगरी निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, मट्टीतेलमा प्रतिलिटर ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ३१ रुपैयाँ २५ पैसा घाटा कायमै रहेको उल्लेख छ ।
इन्धनको मूल्य बढेसँगै यसको असर सबै क्षेत्रमा देखिइसकेको छ । आयल निगमले भारतबाटै इन्धनको मूल्य बढेर आएको र निगम घाटामा गएको भन्दै सजिलो बाटो अपनाएर मूल्य बढाइरहेको भन्दै सरोकारवालाले बारम्बार चर्को विरोध गरिरहेका छन् ।
हिजो बिहीबार मात्रै पेट्रोलियम पदार्थ मृल्यवृद्धिको विरोधमा माइतीघरमण्डलामा संयुक्त विद्यार्थी संगठनहरूले ‘महँगी, कालोबजारी र मृल्यवृद्धि नियन्त्रण गर’, ‘मन्त्रीहरूको सुनै सुन जनतालाई छैन खाने नुन’, ‘घरमा हाम्रो बास छैन किनभने ग्यास छैन’, ‘बाँच्न दे सरकार’, ‘बालेन सरकार, मूल्यवृद्धि उपहार’, ‘युद्धको मार–करको भार–जनता त मरे नि सरकार !’ लगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
सरोकारवालाले ‘यदि आईओसीले बारम्बार मूल्य बढाएर पठाएको हो भने निगमले आईओसीको बिलमाथि छानबिन गर्नुपर्ने’ माग गरेका छन् ।
आयल निगमले हालै गरेको पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धिपछि नेपाल र भारतका सीमावर्ती बजारमा इन्धनको मूल्यमा अस्वाभाविक अन्तर देखिएको छ ।
यसले खुला सिमानाको फाइदा उठाउँदै इन्धन तस्करी र अवैध व्यापार मौलाउने पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा बताउँछन् ।
निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढाएपछि भारतीय सीमावर्ती बजार र नेपालबीच ठूलो मूल्य अन्तर कायम भएको छ ।
नेपाल र भारत (जस्तै, रक्सौल) बीच अहिले डिजेलमा प्रतिलिटर करिब ८९ रुपैयाँ र पेट्रोलमा ४८ देखि ५० रुपैयाँसम्मको फरक परेको छ ।
२०८३ बैशाख ५, शनिबार