+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वर्णिम वाग्लेले आफूलाई कुट्ने धम्की दिए : मुकुल ढकाल

अत्रिदेव खबर
२०८१ अषाढ ३०, आईतबार


अत्रीदेव खबर / असार ३० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री डा. मुकुल ढकालले उपसभापति स्वर्णिम वाग्लेले आफूलाई कुट्ने धम्की दिएकाे बताएका छन्।

स्वर्णिम वाग्लेको सचिवालयबाट आफूलाई पटक पटक फोन गरेकाे र आफूले फोन नउठाएपछि सँगै बस्ने भाइलाई फोन गरेर आफूलाई कुट्ने धम्की दिएकाे बताएका हुन्।

ढकालले शनिबार राति इलाकाको डिएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको समेत बताएका छन्।

‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइन। मसँगै बस्ने भाइलाई फोन गरेर “मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन”… लगायत अनेक भनेकाले, हिजै राती इलाकाको डिएसपिलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु’, उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्।

२०८१ अषाढ ३०, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ ३०, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ