+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्री प्रचण्डले मागे बिश्वासको मत

अत्रिदेव खबर
२०८१ अषाढ २८, शुक्रबार


अत्रीदेव खबर / असार २८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग गरेका छन्। 

शुक्रबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्रस्ताव पेस गरेका हुन्। उक्त प्रस्तावमाथि शुक्रबारको प्रतिनिधि सभामा दुई घन्टा छलफल हुनेछ भने दलीय आधारमा सांसदहरूले बोल्नेछन्।

एमाले र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डको सरकार अल्पमतमा परेको थियो। 

अल्पमतमा परेपछि प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेका थिए। एमाले र नेपाली कांग्रेसले मिलेर नयाँ सरकार बनाउने सहमति गरिसकेका छन्। 

२०८१ अषाढ २८, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २८, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ