+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बिश्वासको मतबारे निर्णय गर्न राप्रपा संसदीय दलको बैठक बस्दै

Bhojpur paani
अत्रिदेव खबर
२०८१ अषाढ २७, बिहिबार


अत्रीदेव खबर / असार २७: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दैछ।

पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बैठकले संसदीय दलका नेताहरुसँग छलफल गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत/नदिनेबारे निर्णय गर्ने बताइएको छ।

सरकारमा रहेका नेकपा एमाले, नागरिक उन्मुक्तिलगायतका दलहरुले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री दाहाल शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्।

मुलुकलाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयता खारेजीलगायत माग राख्दै आएको राप्रपाको प्रतिनिधिसभामा १४ सिट छ।

२०८१ अषाढ २७, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २७, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर