+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विपद् व्यवस्थापन तथा जाेखिम न्युनिकरणमा खटिन सरकारका सम्पूर्ण निकायलाई प्रधानमन्त्रीको निर्देशन

अत्रिदेव खबर
२०८१ अषाढ २३, आईतबार


अत्रीदेव खबर / असार २३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्भावित प्राकृतिक जाेखिमप्रति सुरक्षा सतर्कता अपनाउन अनुराेध गरेका छन्। निरन्तर वर्षा भइरहेका बेला बाढी/पहिराेबाट हुने सक्ने सम्भावित जाेखिमप्रति सुरक्षा सतर्कता अपनाउन प्रधानमन्त्रीले अनुराेध गरेका हुन्।

‘यस वर्ष उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढी पहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनिकरण गर्न व्यवस्थित सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण समितिको बैठक राखेर आवश्यक पूर्वतयारीको काम गरिरहेको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यस सन्दर्भमा सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गर्दछु।’

अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भू-भागमा भएको धनजनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै उनले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्दार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्।

त्यस्तै हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाप्रति अपिल गरेका छन्।

२०८१ अषाढ २३, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २३, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ