प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता शेखर कोइराला बीच भेटवार्ता


अत्रीदेव खबर / असार २२ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबिच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबिच भेटवार्ता भएको हो ।
कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार प्रधानमन्त्री दाहालले कोइरालालाई फोन गरेर भेट्न बोलाएका थिए । ‘प्रधानमन्त्रीले नै फोन गरेर बोलाउनुभएपछि उहाँ बिहान एक्लै जानुभएको हो,’ थपलियाले भने, ‘करिब १५ मिनेट भेटवार्ता भएको हो ।’

सम्बन्धित समाचार