+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कैलालीका १८ हजार विद्यार्थीमा पाँच हजार मात्र उर्त्तिण

Bhojpur paani
अत्रिदेव खबर
२०८१ अषाढ १३, बिहिबार


अत्रीदेव खबर / असार १३ :  आज (बिहीवार) सार्वजनिक भएको माध्यमिक शिक्षा (एसईई) को नतिजामा कैलालीका ३० प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन्।

२०८० सालको एसईई परीक्षामा १८ हजार ६० जना विद्यार्थी सहभागी भएकोमा पाँच हजार चार सय २८ जना मात्रै उत्र्तिण भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ। शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत प्रतापसिंह धामीले उनीहरु मध्ये चार जनाले ४ जिपीए प्राप्त गरेको जानकारी दिए।

३३४ जनाले ३.६ देखि ४ जिपीए, एक हजार २९९ जनाले ३.२ देखि ३.५९ जिपीए, दुई हजार ९३ जनाले २.८ देखि ३.१९ जिपीए, एक हजार ५१९ जनाले २.४० देखि २.७९ जिपीए र १८३ जनाले २.०१ देखि २.३९ जिपीए प्राप्त गरेको धामीले बताए। कैलालीमा पाँच हजार ५० जनाले भने ग्रेड सुधार परीक्षा दिन पाउनेछन्। 

२०८१ अषाढ १३, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ १३, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर