+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सबै सांसद उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न एमालेको ह्विप

Bhojpur paani
अत्रिदेव खबर
२०८१ अषाढ ११, मंगलबार


अत्रीदेव खबर / असार ११ : नेकपा (एमाले) ले सबै सांसद उपस्थित भएर बजेटका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

प्रतिनिधि सभाकाे मंगलबार बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेकाले संसदमा अनिवार्य उपस्थिति भएर पक्षमा मतदान गर्न एमाले प्रमुख सचेतक महेश बर्तौलाले ह्विप जारी गरेका हुन्।
‘आज बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकोले बैठकमा अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न एमालेका सांसदहरूलाई ह्विप जारी गरिएको जानकारी गराउँदछु,’ निर्देशनमा भनिएको छ।
सरकारले जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो
प्रतिनिधि सभामा बजेटमाथिको छलफल जारी छ। आज केही मन्त्रीहरूले मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ दिनेछन्। त्यसपछि बजेट पारितको प्रक्रियामा जानेछ।

२०८१ अषाढ ११, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ ११, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर