+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेता कार्यकर्तालाई अब फुर्सद दिन्नँ: प्रचण्ड

अत्रिदेव खबर
१० महिना अगाडी


अत्रीदेव खबर / असार ८ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब पार्टीका नेता कार्यकर्ता कसैलाई पनि फुर्सद नदिने योजनाका साथ पार्टीले अभियान ल्याउनले बताएका छन् ।

तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले चार महिने अभियानले अलिअलि झल्को दिए पनि पार्टीको गतिविधि फेरि सेलाएको बताए ।

क्यारे, जनताले पनि माओवादी नेता काठमाडौं र शहरमा मात्रै होइन गाउँमा पनि आउन थाले भन्ने सन्देश चाहिँ दिएको थियो । तर, अहिले त्यो रोकिएको छ । प्रदेशले गर्ने भन्दा धमिलिएको छ । अब हामी छिट्टै केन्द्रीय समितिको बैठक बसेर पार्टीबाट पनि अभियानात्मक रुपले लैजाने । अब फुर्सद कसैलाई पनि नदिने विचार छ है मेरो ! मलाई अब धेरै समय छ जस्तो पनि लाग्दैन ।’
मुक्तिको निम्ति यी सबै विषयका विभिन्न कहिले सांस्कृतिक अभियान, कहिले उत्पादनको अभियान, कहिले प्रचारको अभियान आदि इत्यादि गर्दै अभियानात्मक रुपमा जाने सोचेको बताए ।

उनले भने, ‘अहिलेको नयाँ परिस्थितिमा हुन त आजभोलि यो सोसल मिडियाको जमाना छ । आईटीको जमाना त छँदैछ । त्यसले मानिसको दिमागभित्र विभिन्न खालको विचारहरू हुल्दिने गरेको छ । राम्राभन्दा नराम्रा, सकारात्मकभन्दा नकारात्मक कुराहरू हाल्दिने गरेको छ । त्यसले प्रभाव पार्ने गरेको छ ।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ