+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रतिनिधि सभामा आज पनि खर्च कटौती प्रस्ताव पेश हुँदै, यी हुन् कार्यसूची

अत्रिदेव खबर
२०८१ अषाढ ४, मंगलबार


अत्रीदेव खबर/ असार  ४ : संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आज पनि विनियोजन विधेयकअन्तर्गत सांसदहरूले खर्च कटौतीको प्रस्ताव गर्नेछन्।

सांसद अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङ, राप्रपाकै रोशन कार्की, राजेन्द्रप्रसाद लिङदेन लगायत सांसदहरूले पनि विभिन्न मन्त्रालयहरूको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।

आज गृह मन्त्रालय,परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुनेछ।
यी हुन् आजको सम्भावित कार्यसूची

२०८१ अषाढ ४, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ ४, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ