+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तीनवटै आइजिपीलाई प्रधानमन्त्री दाहालको ढाडस  – केही परिवर्तन हुँदैन, ढुक्कसँग काम गर्नुस्

Bhojpur paani
अत्रिदेव खबर
२०८१ अषाढ ३, सोमबार


अत्रीदेव खबर / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनवटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर आफूले ढुक्कसँग काम गर्न भनेको बताएका छन्।

चितवनको भरतपुर विमानस्थलमा सोमबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले आइजिपी परिवर्तन हुने भन्ने कुरा हल्लामात्रै भएको पनि बताए।

आइजिपी परिवर्तन हुन लागेको कुरा के हो भन्ने पत्रकारको प्रश्नमा जबाफ दिएका प्रधानमन्त्री दाहालले भने, ‘मैले अस्तिको दिनमात्रै तीनवटै आइजिपीहरूलाई बोलाएर केही परिवर्तन हुँदैन, तपाईंहरू ढुक्कसँग काम गर्नुस् भनेर भनिसकेको छु।’

उनले आइजिपी परिवर्तन हुने भन्ने कुरा हल्लामात्रै भएको पनि बताए।
केही सञ्चार माध्यमहरूले नेपाल प्रहरीको आइजिपी परिवर्तन गर्ने चर्चाबारे खबर लेखेका थिए।

२०८१ अषाढ ३, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ ३, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर