+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मन्त्रालय फुटाएर भागबन्डा पुर्याउनु दु:खद : काङ्ग्रेस

Bhojpur paani
अत्रिदेव खबर
२०८१ जेष्ठ २९, मंगलबार


धनगढीः नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेश सरकारले नीति तथा कार्यक्रम उपयुक्त नभएको दाबी गरेका छन्।
आज संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वतमान मुख्यमन्त्री समेत रहेका शाहले नीति तथा कार्यक्रम उपयुक्त नभएको तर्क गरेका हुन्। ‘हामीले व्यक्तिगत फर्मलाई पैसा नहाल्ने प्रयास गरेका थियौँ तर, त्यो नीति तथा कार्यक्रममा आएका छन्’ उनले भने ‘खल्तीका आयोजना हाम्रो नेतृत्वको सरकारले सृजना गरेको होइन आज पनि त्यहि भइरहेको छ। हामी त्यसको विरोध गर्छौ।’

बिचौलियाको बिगबिगी बढेको भन्दै उनले बिचौलिया केन्द्रित बजेट आए पास गर्न नदिने बताए। संघीय अनुदान कम आएको बेला सरकारले बढी बजेट ल्याउन खोजेर आर्थिक भार थप्न खोजेको भन्दै त्यसको विरोध गरेका छन्। ‘बजेट बनाउने काम पार्टीका कार्यकर्ता र सचिवालय गरेको भन्ने सुनेको छु यो दुर्भाग्य हो। उनले कर्मचारीहरूलाई विधि प्रक्रियामा रहेर अगाडी बढ्न पनि आग्रह गरेका छन्।

शाहले सरकारले गलत काम गरिरहेको भन्दै तत्काल सच्चिनुपर्ने बताए। ‘५४ दिनमा सरकारले पूर्णता पाएको छ। आज मन्त्रालय भन्दा बढी मन्त्री छन्। सुदूरपश्चिमको लागि दुर्भाग्य हो। मन्त्रालय फुटाउने काम गरिँदै छ भन्ने सुन्दै छु’ उनले भने, ‘सरकार जोगाउन यो प्रदेशलाई आर्थिक भार थप्ने कुराको कांग्रेसले विरोध गर्छ।

२०८१ जेष्ठ २९, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ जेष्ठ २९, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर