+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महावीर पुनको किताब बिक्री अभियान घोडाघोडीमा

Bhojpur paani
अत्रिदेव खबर
२०८० फागुन ६, आईतबार


कैलाली : आफ्नो जीवन यात्राको किताब ‘महावीर पुन सम्झना सपना अविरल यात्रा’ को बिक्रीका लागि देश दौडाहामा रहेका पुनको अभियान  कैलालीको घोडाघोडी नगरपालिकामा पुगेको छ । 
सोही अवसरमा डा. पुनले  आफ्नो अभियानलाई नेपाल सरकारले साथ र सहयोग गर्ने बताए पनि अन्तिम अवस्थामा आएर धोका दिएको कुरा स्मरण गर्दै उनले भने, “हामीले ३० वर्ष पुरानो वीरगन्ज कृषि औजार (कवाडी) कारखाना सञ्चालनमा ल्याउने हाम्रो अभियान थियो तर त्यो सम्भव थिएन । हामीलाई नेपाल सरकारले हामीले सकेनौँ तपाईं सञ्चालनमा ल्याउनुस् हामी सहयोग गर्छौ भन्यो । हामी सोही अनुसार अगाडि बढ्यौँ तर अन्तिममा सरकारले धोका दियो ।”

उनले भने ‘आफूले आँटेको काम आम सर्वसाधारणलाई भ्रममा पारेर त्यतिकै छोड्नु त भएन, सरकारले बदमासी गर्यो भन्दैमा हामीले बदमासी गर्न त मिलेन । त्यस कारण ३० वर्ष पुरानो कारखानालाई सञ्चालनमा ल्याउन किताब बेचेर हिँड्नु परेको हो ।’

कारखाना सञ्चालन गर्न किताब बेच्दै हिडेकाे भन्दै उनले ‘केही समय सञ्चालनमा नल्याउँदा समेत पनि मेसिन खराब हुने स्थिति र काम नै नलाग्ने परिस्थिति समेत आउन सक्ने भएका कारण ३० वर्ष पुरानो मेसिनलाई सञ्चालनमा ल्याउने महान कार्य अगाडि बढाउने उद्देश्य राखेकाे’ बताए ।

आफ्नो जीवनमा आधारित आत्मकथाको किताब बिक्रीबाट आउने रकमले वीरगन्ज कृषि औजार कारखाना सञ्चालनमा ल्याउनका लागि पुनले इलामबाट यात्रा सुरु गरेका थिए । इलामबाट मध्य पहाडी राजमार्ग बाट बैतडी हुँदै महेन्द्रनगर, धनगढी, अत्तरिया आएका उनी हिजो शनिबार कैलालीको घोडाघोडी नगरपालिका -१, सुखडमा पुगेका थिए । शनिबार नै सुखड पुगेका पुन आइतबार बिहान आफ्नो अभियानलाई साथ दिन अपील गर्दै विभिन्न स्थानमा पुगेका हुन ।

२०८० फागुन ६, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० फागुन ६, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर