+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दिएका २ जनाविरुद्ध उजुरी

Bhojpur paani
अत्रिदेव खबर
२०८० पौष २४, मंगलबार

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दिएका दुई जनाविरुद्ध उजुरी परेको छ ।

कर्णाली प्रदेशबाट दलित समूहमा उम्मेदवारी दिएका माओवादी केन्द्रका विष्णुबहादुर विकविरुद्ध उजुरी परेको छ । उनी समानुपातिकतर्फको बन्द सूचीमा रहेको भन्दै हिक्मत विकले उजुरी दर्ता गरेका हुन् ।

यस्तै सुदूरपश्चिम प्रदेशबाट अपांगता समूहमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नाराणयदत्त भट्टविरुद्ध पनि उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

भट्टविरुद्ध रामचन्द्र जोशीले उजुरी दर्ता गरेका हुन् । उजुरीकर्ता दुवैजना नेकपा एमालेका उम्मेदवार हुन् । राष्ट्रिय सभाका १९ सदस्यमा हिजो ५२ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारविरुद्ध दाबी विरोध र उजुरी दर्ता आयोगले आज दिउँसो चार बजेसम्मको समय दिएको थियो । चुनाव भने माघ ११ गते हुनेछ ।

२०८० पौष २४, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० पौष २४, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर