+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एमालेको संकल्प यात्रा पाँचथरमा पुग्दै

अत्रिदेव खबर
१ साल अगाडी


काठमाडौं : नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्रा शनिबार पाँचथर पुग्दैछ।
गएराति अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो आठराईमा बास बसेको यात्रा टोली शनिबार ७६ किलोमिटर दूरी पार गरेर पाँचथरतर्फ अघि बढ्ने पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार शनिबार पाँचथरमा आमसभा आयोजना गरिएको छ । 
मंसिर १४ मा बैतडी झुलाघाटमा शुरु भएको एमालेको यो यात्रा पुस १ गते मध्यपहाडी राजमार्गको पूर्वी विन्दु पाँचथरको चिवाभञ्ज्याङ पुगेर पुगेर टुंगिनेछ । यात्रामा अध्यक्ष ओलीसहित अन्य पदाधिकारी तथा नेता–कार्यकर्ता सहभागी छन्।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना पूरा गर्न मध्य पहाडी पुष्पलाल लोकमार्ग केन्द्रितसंकल्प यात्रा गरेको पार्टीले जनाएको छ। 

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ