अत्रीदेव खबर/मकवानपुर — हेटौंडा उपमहानगरपालिका–१६ स्थित पानीस्वारामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
आइतबार ट्र्याक्टर व्याक गर्ने क्रममा अनियन्त्रित भएर भीरबाट खस्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा ट्र्याक्टर चालक बारा जिल्ला निजगढ–१३ का २६ वर्षीय डिलम थिङ र ट्र्याक्टरमा सवार सोही स्थानका ५६ वर्षीय जीतबहादुर थिङ रहेका छन् ।
उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको हो । ट्र्याक्टर करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।