+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यस वर्ष पनि धानको उत्पादन नबढ्ने 

अत्रिदेव खबर
१ साल अगाडी

अत्रीदेव खबर/ काठमाडौं :प्रतिकूल मौसम र धान रोप्ने समयमा रासायनिक मलको अभावका बीच यो वर्ष पनि गत वर्षकै हाराहारीमा धान उत्पादन हुने प्रक्षेपण कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको छ । गतवर्ष ५४ लाख टन धान उत्पादन भएको थियो ।
धान उत्पादनका लागि उर्वर मानिएको मधेश प्रदेशमा केही कम भए पनि अन्य प्रदेशमा उत्पादन राम्रो रहेकाले गत वर्षकै हाराहारीमा उत्पादन हुने अपेक्षा सरकारले गरेको हो । मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यो वर्ष १० लाख ३० हजार टन धान उत्पादन हुने प्रक्षेपण गरेको छ । समयमा पानी नपर्दा मधेशमा यस वर्ष धान रोपाइँ नै कम भएको थियो । मधेश प्रदेशमा गत वर्ष १४ लाख २२ हजार टन उत्पादन भएको थियो । मधेशवाहेक धान उत्पादन बढी हुने कोशी, लुम्बिनी र गण्डकी प्रदेशमा उत्पादन र उत्पादकत्व राम्रो रहेकाले कुल राष्ट्रिय उत्पादन नघट्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले दाबी गरे ।

नेपालको मुख्यबाली धानको उत्पादनले कुल गार्हस्थ उत्पादनमा असर पार्छ । उत्पादन बढ्दा कुल गार्हस्थ्य उत्पादन बढ्ने र घट्दा घट्ने गरेको छ । धान उत्पादन ५४ लाख टन पुगे पनि अझै १० लाख टन अपुग हुने गरेको छ । नेपालमा १४ लाख ७० हजार हेक्टरमा रोपाइँ हुने गरेको छ ।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ