+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रमाण पत्र बुझेपछी सांसद कुंवर : सहिदको शालिकलाई साक्षी राखेर जनताको पक्षमा काम गर्ने प्रण

Bhojpur paani
अत्रिदेव खबर
२०७९ पौष ३, आईतबार


अत्रीदेव खबर/ पौष ३
नेकपा माओवादी केन्द्रको तर्फबाट सुदुरपश्चिम प्रदेश सभा सदस्यमा सिफारिस हुनुभएकी जानकीदेवि कुंवर पौडेलले आज निर्वाचन आयोगबाट प्रमाणपत्र बुझ्नुभएको छ ।
प्रदेससभाको सदस्यको रुपमा आज निर्वाचन आयोग बाट प्रमाणपत्र बुझे लगत्तै पार्टी केन्द्रिय कार्यालय पेरिसडाडा पुगेर सहिद स्मारकमा सहिद हरुलाइ माल्यार्पण गर्दै आफ्नो सांसद कुंवरले संसदिय यात्रा सुरुवात गर्नुभएको हो ।
लामो राजनित परिवर्तन तथा विभिन्न कालखण्डका क्रान्तिहरुले देशका नागरिकहरुलाइ अधिकार प्राप्त भएको स्मरण गर्दै उहाँले सहिद हरुले देखाएको बाटो मा अबिचलित भएर निरन्तर जनताको सेवा मा लागिरहने प्रतिबद्धता सहित आफ्नो संसदीय यात्रा शुरुवात गर्नुभएको हो ।
प्रदेससभा सदस्यको रुपमा प्रमाणपत्र बुझिसकेपछी उहाँले आफू आफ्नो कार्यकालमा सुदुरपश्चिम प्रदेसका जनताको पक्षमा भुमिका निर्वाह गर्ने कुंवले बिश्वास व्यक्त गर्नुभयो ।

२०७९ पौष ३, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ पौष ३, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर