+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घोडाघोडीमा दारु पाटी प्रकरण : सलंग्नलाई कारबाही माग गर्दै राष्ट्रिय युवा संघद्वारा पुन:तालाबन्दी

Bhojpur paani
अत्रिदेव खबर
२०७९ मंसिर १३, मंगलबार


कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको क्वाटरमा भएको दारु पाटी र सार्बजनिक सम्पती तोडफोडमा संलग्नलाई कारबाहीको माग गर्दै राष्ट्रिय युवा संघ कैलालीद्वारा घोडाघोडी नगरपालिकाको कार्यकारी अधिकृत दीपक आचार्यको कार्यकक्षमा पुन : तालाबन्दी गरिएको छ ।
शनिबार राती भएको दारु पाटी र तोडफोड प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै राष्ट्रिय युवा संघले आइतबार लगाएको ताला प्रसासकिय अधिकृतले प्रहरी बोलाएर तोडेको भन्दै आज पुन : तालाबन्दी गरेको हो ।
नगरपालिकाकै बेइज्जत हुनेगरी भएको घटनाका दोसिलाइ कार्बाही तथा माफी माग्नुपर्ने माग गर्दै गरिएको तालाबन्दी संगठन संग छलफल बिनै तोडिएकाले पुन तालाबन्दी गरिएको
राष्ट्रिय युवा संघका घोडाघोडी नगरकमिटी संयोजक होम तामाङ्गले बताए ।
शनिवार राति कार्यकारी अधिकृत आचार्यले सरकारी अवासमा मदिरा पार्टी आयोजना गरेका थिए । त्यहाँ घोडाघोडी नगरपालिकाका मेयर खडक रावत,वडा नम्बरका अध्यक्ष घनश्याम ओझा लगायत अन्य तीन जना वडाध्यक्ष रहेका थिए ।
मदिरा सेवनकै क्रममा वडाध्यक्ष ओझा र कार्यकारी अधिकृत आचार्य बिच विवाद बढेपछि वडाध्यक्ष ओझाले टेबल फोडेका थिए । घटना भएको २ दिन सम्म पनि नगरपालिकाले दोषीलाई कारबाही नगरेको ,आफुहरुले लगाएको ताला सल्लाह बिनै तोडेको माफी माग्नुको सट्टा घटनानै नभएको भन्दै आजमर्दो बिग्यप्ती निकालेकोले तालाबन्दी गरिएको राष्ट्रिय युवा संघ कैलालीका अध्यक्ष शिवराज चन्दले जानकारी दिए ।
‘सरकारी क्वाटरमा मध्यरातमा जाड पार्टी गर्ने विवाद गरेर सरकारी सम्पत्ति तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै तालाबन्दी गरिएको हो’ अध्यक्ष चन्दले भने ‘माग सम्बोधन नभए हामी कडा आन्दोलन गर्न बाध्य हुनेछौँ ।’
तालाबन्दी पछी नगरपालिका बाहिर नाराबाजी समेत गरिएको थियो ।

२०७९ मंसिर १३, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ मंसिर १३, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर