+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कञ्चनपुर-१ बाट गठबन्धनको उम्मेदवार बीना मगर

Bhojpur paani
अत्रिदेव खबर
२०७९ आश्विन २२, शनिबार

असोज ,२२/कैलाली
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य बीना मगर कञ्चनपुर-१ बाट गठबन्धनको साझा उम्मेदवार बन्ने हुनुभएको छ ।
सत्ता गठबन्धनको भागबण्डामा कञ्चनपुर क्षेत्र नम्बर १ माओवादी केन्द्रको भागमा परेको छ । उक्त क्षेत्रबाट मगरले टिकट पाउने हुनुभएको हो ।
२०७४ सालको संघीय निर्वाचनमा मगर सो क्षेत्रबाट ३८,४६७ मतका साथ निर्वाचित हुनुभएको थियो । वाम गठबन्धनकी उम्मेदवार रहनुभएकी मगर उक्त समयमा निकटतम् प्रतिस्पर्धीभन्दा दोब्बरबढी मतले निर्वाचित हुनुभएको हो । सो क्षेत्रबाट नेपाली कांग्रेसका दिवान सिंह बिष्टले १९,२१९ मत पाउँदा उहाहरूबीचको मतान्तर १९ हजार २४८ थियो ।

२०७९ आश्विन २२, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ आश्विन २२, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर