+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समानुपातिकमा युवालाई जोड दिएका छौं : वर्षमान पुन

Bhojpur paani
अत्रिदेव खबर
२०७९ आश्विन ३, सोमबार

३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक सूचीमा युवाहरुको धेरै नाम समावेश गरेको बताएको छ ।

समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफूहरुले उमेरगत रुपमा पनि समानुपातिक रुपमा उम्मेदवार छनोट गरेको बताए ।

‘हाम्रो पार्टीले युवाहरुलाई धेरै जोड गरेको छ, युवाहरु धेरै हुने गरी (बन्दसूची) प्रस्तुत गरेका छौं,’ उनले भने, ‘सबै निर्वाचन प्रक्रिया पूरा गरेर सार्वजनिक गरेपछि आम मतदातालाई लाग्ने छ कि माओवादी पार्टीले नयाँ ढंगले युवाहरुलाई प्रस्तुत गरेको छ ।’

पुनले सूचीमा यसअघिका समानुपातिक सांसद, स्थानीय तहमा निर्वाचन हारेकालाई नराखेको बताए ।

२०७९ आश्विन ३, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ आश्विन ३, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर