+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माओबादी केन्द्रले गर्यो उम्मेदवार सिफारिस

Bhojpur paani
अत्रिदेव खबर
२०७९ भाद्र २२, बुधबार

सुखड/ २२ भदौ
माओवादी केन्द्र निर्बाचन क्षेत्र नम्बर ३(२) बाट आगामी प्रतिनिधि सभा तथा प्रदेस सभा निर्बाचनका लागि उम्मेदवारहरु सिफारिस गरिएको छ ।
आज सुखडमा बसेको घोडाघोडी नगर कमिटिको पुर्ण बैठकले प्रतिनिधि सभामा क्षेत्र नम्बर ३ मा रघुनाथ चौधरी र दुर्ग अधिकारी”उदगम” तथा लक्ष्मी प्रसाद भट्टराई को नाम सिफारिस गरेको छ । त्यस्तै प्रतिनिधिसभा समानुपातिक तर्फ मणिप्रसाद चौलागाईं ,दन्त बिश्वकर्मा,प्रकाश मिश्र र राजु बिकको नाम सिफारिस गरेको हो ।
बैठकले क्षेत्र नम्बर ३ प्रदेस सभा २ को प्रत्यक्ष तर्फ खगेन्द्र हमाल,गौरी जोशी र लक्ष्मण चौधरी”सुयोग”को नाम सिफारिस गरेको छ । त्यस्तै प्रदेससभा तर्फ समानुपातिकका लागि पुस्कल बहादुर बम ,दुर्गा चलाउने खडका र नैन बहादुर चौधरी”बिबेक”को नाम सिफारिस गरेको नगर कमिटी उपाध्यक्ष बिनोद बिकले जानकारी दिए ।

२०७९ भाद्र २२, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ भाद्र २२, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर