+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरियाकाे तेस्रो सम्मेलन सम्पन्न; अध्यक्षमा रावल

Bhojpur paani
अत्रिदेव खबर
२०७९ भाद्र १३, सोमबार

न्याय प्रेमि युवाहरु राष्ट्रिय युवा संघमा सामाजिक परिवर्तन युवाको काधमा ” भन्ने मुल मर्म बाेकेकाे राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरियाकाे तेस्रो सम्मेलन सम्पन्न भएको छ । देशकै सबैभन्दा ठुलो युवाहरुकाे संगठनकाे रुपमा परिचित रहेको राष्ट्रिय युवा संघ नेपालले बर्दगाेरिया गाउपालिकामा समेत फरक छाप छाेड्दै आइरहेको छ । ।

राष्ट्रिय युवा संघ केन्द्रीय आयाेजक कमिटी सदस्य एवम् शुदुरपश्चिम प्रदेश आयाेजक कमिटि संयाेजक बिनय शाहकाे प्रमुख आथित्यतामा भएको कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले शुदुरपश्चिम प्रदेश सचिवालय सदस्य कर्ण बहादुर कुवर, नेकपा एमाले कैलाली जिल्ला सचिव डेजि पाण्डे , राष्ट्रिय युवा संघ नेपाल कैलाली जिल्ला आयाेजक कमिटी अध्यक्ष शिवराज चन्द रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बाेल्दै बिनय शाहले राष्ट्रिय युवा संघ नेपालको स्थापना, यसले गर्ने काम, यसमा संलग्न युवाहरूको भुमिका लगायतका बारेमा जानकारी गराउनु भएको थियो ।

साेहि कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बाेल्दै नेकपा एमाले जिल्ला कमिटी सचिव डेजि पाण्डेले राष्ट्रिय युवा संघ नेपाल नेकपा एमालेमा रहेका सम्पूर्ण भात्रि संगठन हरु मध्ये महत्त्वपूर्ण भुमिका रहेको संगठन रहेको कुराकाे जानकारी गराउदै यसमा संलग्न हुने युवाहरु परिवर्तनकारी हुनुपर्ने कुरामा जाेड दिनु भयो । साेहि कार्यक्रममा विशिष्ट अतिथिकै आसनबाट बाेल्दै राष्ट्रिय युवा संघ नेपाल कैलाली जिल्ला आयाेजक कमिटि अध्यक्ष शिवराज चन्दले युवा संघको आफ्नो छुट्टै महत्त्व रहेको कुरा दर्साउदै त्यसमा ध्यान दियर लाग्न सम्पूर्ण युवाहरुलाइ आग्रह गर्नुभयो । साेहि अवसरमा अगाडि बाेल्दै चन्दले अब आउने संघिय र प्रदेश सभाकाे निर्वाचनतर्फ केन्द्रित हुन सम्पूर्ण युवाहरुलाइ आग्रह गर्नु भयो ।

कार्यक्रममा नेकपा एमाले बर्दगाेरिया गाउकमिटि अध्यक्ष मधुकर सिजापति मगर , नेकपा एमालेका नेता भाेजराज भट्ट , नेकपा एमाले बर्दगाेरिया उप सचिव मिलन ओलि, युवा तारामान कुवर लगायतकाले शुभकामना मन्तव्य व्यत्त गरेका थिय ।

राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरिया गाउकमिटिका निबर्तमान उपसचिव बसन्त ओलिकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रम गाउँ कमिटिका निबर्तमान अध्यक्ष दिपक गाैतमकाे अध्यक्षमा भएको हाे । कार्यक्रम काे सञ्चालन राजेन्द्र रावलले गरेका थिय ।

साथै उत्त भेलाले राजेन्द्र रावलकाे अध्यक्षतामा ४३ सदस्यीय नया गाउँ कमिटी समेत गठन गरेको छ ।

२०७९ भाद्र १३, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ भाद्र १३, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर