+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मोरङमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

Bhojpur paani
अत्रिदेव खबर
२०७९ अषाढ १२, आईतबार

बुढीगंगा गाउँपालिका–४ स्थित सडकमा को.१ च ४४१४ नम्बरको एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–४ बस्ने ६९ वर्षीय मंगल राम रहेका छन् । उनको शनिबार साँझ मृत्यु भएको हो ।

बाटो क्रस गर्दै गरेको अवस्थामा उक्त एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका एम्बुलेन्स चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

२०७९ अषाढ १२, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ अषाढ १२, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर