+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सातामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य

Bhojpur paani
अत्रिदेव खबर
२०७९ अषाढ ११, शनिबार

यो साता सुनको मूल्यमा प्रतितोला ६०० रुपैयाँको गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताभरको मूल्य तोक्दै महासंघले साताभरमा सुनको भाउमा ६०० रुपैयाँको गिरावट आएको जानकारी दिएको हो ।
गत साताको शुक्रबारको तुलनामा यो शुक्रबारसम्मको अवधिमा उक्त मूल्यले सुनको भाउ घटेको महासंघले जनाएको छ । गत साताको शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो ।

महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा ३५ रुपैयाँको गिरावट आएको छ । जसअनुसार, हिजो शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार २४० रुपैयाँ थियो । जुन गत साताको शुक्रबार १ हजार २७५ रुपैयाँ कायम रहेको महासंघले जानका दिएको छ ।

२०७९ अषाढ ११, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ अषाढ ११, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर