+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति कता लैजाने भन्ने चाबी जनताले माओवादीलाई दिएका छन्: प्रचण्ड

अत्रिदेव खबर
२०७९ अषाढ ९, बिहिबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको राजनीति कता लैजाने भन्ने चाबी जनताले आफ्नो पार्टीलाई दिएको बताएका छन्।

बिहीबार ललितपुर जिल्लाका माओवादी केन्द्रका जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण दिने कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय चुनावको नतिजाले माओवादीलाई देशको तेस्रो र निर्णायक शक्ति बनाएको बताए।

हामीले त योभन्दा धेरै अपेक्षा गरेका थियौं। देशको दोस्रो ठूलो र पहिलो कम्युनिष्ट पार्टी बन्छौं भन्ने थियो। तर बुर्जुवा र प्रतिक्रियावादीहरूले माओवादीले ३० पालिका मात्र जित्छ भन्ने रिपोर्ट बनाएका थिए,’ प्रचण्डले भने,‘उनीहरूले सोचेभन्दा हामीले धेरै ठूलो सफलता पायौं। जनताले नेपाली राजनीतिको धारालाई कता कुन मोडमा लैजाने भन्ने चाबी माओवादी केन्द्रलाई दिएका छन्।’

प्रचण्डले चुनावमा कुन दलले कति जित्यो भन्दा पनि चुनाव सम्पन्न हुनु नै आफ्ना लागि महत्वपूर्ण भएको बताए।

मलाई त जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी जसले जिते पनि माओवादीले नै जितेजस्तो लागेको छ,’ प्रचण्डले भने,‘उनीहरू सबै अग्रगमनकारी हुन् प्रतिगमवादी होइनन्। संसद विघटनका पक्षधर होइनन्।’

प्रचण्डले गोरखा रोल्पा, रूकुम पूर्व, रूकुम पश्चिम र कालिकोटमा माओवादी एक्लैले जितेको उल्लेख गरे।

आगामी संसदीय निर्वाचनमा पनि जित्ने गरी एक्लै चुनावी तयारी गर्नुपर्ने उनको भनाइ छ।

२०७९ अषाढ ९, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ अषाढ ९, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ