+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बालिका भारत लैजान खोज्नेविरूद्ध मानव बेचबिखन मुद्दा

Bhojpur paani
अत्रिदेव खबर
२०७९ अषाढ ९, बिहिबार

झापाकी १३ वर्षीया बालिकालाई प्रलोभनमा पारेर भारत लैजान खोज्ने दुई जनाविरूद्ध  प्रहरीले मानव वेचबिखन तथा ओसारपसार मुद्दा चलाएको छ।

बिहीबार मोरङ जिल्ला अदालतबाट पाँच दिनको  म्याद थप गरी अनुसन्धान सुरू गरेको मोरङका जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन्।

झापाको बिर्तामोड-५ मूर्तिचोकमा डेरा गरी बस्ने २३ वर्षका हिराकुमार सहनी र बाराको कोल्वी नगरपालिका वडा नं ४ सपही बस्ने १९ वर्षकी सिरिसा सिंह महथाले  असार ५ गते बिर्तामोडकै १३ वर्षीया बालिकालाई विराटनगर नाकाबाट भारत लैजान खोजेका थिए। प्रहरीले बालिकाको उद्धार गर्दै उनीहरू दुबैलाई पक्राउ गरेको थियो।

नयाँ लुगा किनिदिने र आकर्षक पैसा पाइने ठाउँमा काममा लगाइदिने भन्दै ती बालिकालाई उनीहरूले प्रलोभनमा पारेर भारत लैजाँदै थिए।

उनीहरूविरूद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ।

२०७९ अषाढ ९, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ अषाढ ९, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर