३ असार,सुखड । कैलालीको घोडाघोडी नगरपालिकामा बिकास निमार्णका योजनाहरूको बिहीबार अनुगमन गरिएको छ । नगरपालिकाका उप प्रमुख तथा अनुगमन समिति संयोजक गुलिया कुमारी चौधरी सहित प्राविधिक टोलीले योजनाहरूको अनुगमन गरेको हो । आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटबाट सञ्चालित योजनाहरूको उप प्रमुख सहितको टोलीले स्थलगत रुपमा अनुगमन गरेको हो ।
बिहीबार वडा नम्बर १ र ८ भित्रका निर्माणाधीन योजनाहरूको गुणस्तर भए/नभएको बारेमा अनुगमन गरिएको छ । केही निर्माणाधीन योजनाको काम सन्तोषजनक भए पनि केही योजनाहरुको काम स्टमेट अनुसार नभएको उप प्रमुख गुलिया कुमारी चौधरीले बताउनु भयो । पालिकामा सञ्चालित योजनाहरू आम नागरिकका लागी सञ्चालित भएको उनको भनाई थियो ।
विकास निर्माणका कार्य पारदर्शी रुपमा सञ्चालन गर्न उपभोक्ता तथा आम नागरिक जागरूक बन्नुपर्नेमा उनले जोड दिनु भयो । अनुगमनमा सहभागी योजना शाखा प्रमुख सन्तोष चन्द्रले केही योजनाको काम प्राविधिक स्टमेट अनुसार नपाएको बताए । स्टमेट अनुसार नभएका योजनाहरूको कामलाई प्रभावकारी रुपमा काम गर्नको लागि निर्देशन समेत दिएको उनले बताए ।
पालिका बाट सञ्चालित ग्राभेल सडक, स्कुल भवन, चौतारो,नगर भवन लगायत निर्माणाधीन योजनाहरूको अनुगमन गरीएको थियो । योजना अनुगमनमा उप प्रमुख चौधरी सँगै सम्बन्धी वडाका अध्यक्ष, योजना शाखा, ,सब इन्जिनियर लगायतको सहभागिता रहेको थियो