+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

परिस्थितिले मलाई राजनितिज्ञ बनायो आजबाट म राजनितिमा आएको छु रबि लामिछाने

Bhojpur paani
अत्रिदेव खबर
२०७९ अषाढ २, बिहिबार

पत्रकार रबि लामिछाने राजनितिमा आऊने भएका छन । ग्यालेक्सी फोर के  टेलिभिजनमा सिधाकुरा जनतासँग कार्यक्रमका सन्चालक रबि लामिछाने टेलिभिजन छाडेका हुन।

 

टेलिभिजनबाट औपचारिक बिदाइ कार्यक्रम भयो’, लामिछानेले , ‘आज मेरो अन्तिम एपिसोड प्रशारण हुनेछ, ह्याण्डओभर कार्यक्रम गर्दैछु।’

लामिछानेले आफूले राजनीतिमा लाग्ने निधो गरेको समेत बताए।

उनले कुन राजनीतिक दलबाट आफू उम्मेदवार बन्न लागेको भन्ने खुलाएनन्।

‘म भोलिदेखि सरसल्लाह गर्नेछु। आउँदो असार ७ गते राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर कस्तो राजनीति र कुन क्षेत्रबाट लड्ने लगायतका विषयमा प्रष्ट पार्छु’, लामिछानेले भने, ‘मलाई धेरै राजनीतिक दलबाट प्रस्ताव आएको छ। तर मलाई अहिलेका राजनीतिक दलहरूमा त्यतिधेरै चासो छैन। तर म सल्लाहको चरणमा छु।’

उनले आफू स्वतन्त्र रूपमा राजनीतिमा लाग्ने सोचमा समेत नरहेको बताए।

एक्लै स्वतन्त्र जाने सोच छैन’, लामिछानेले भने, ‘बरू भएका स्वतन्त्रहरूलाई जोड्ने योजना बनाउँदैछु।’

लामिछाने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लड्ने अड्कलबाजी समेत भइराखेको छ।

२०७९ अषाढ २, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ अषाढ २, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर