+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डोटिका युवाहरूले खोले ‘डोटि युवा समाज भारत’ नामक संस्था

अत्रिदेव खबर
२०७९ जेष्ठ २९, आईतबार

 

खगेन्द्र अबस्थि
सुखड

डोटिका युवाहरूले ‘डोटि युवा समाज भारत’ नामक संस्थाको स्थापना गरेका छन, दिपक साउदको अध्यक्षतामा उक्त संस्थाको स्थापना भएको हो।

रोजगारिको सिलसिलामा भारत गएका युवा तथा वृद्धका लागि सहोगमा टेवा पुर्याउने उद्देश्यले उक्त संस्थाको स्थापना गरिएको संस्थाका अध्यक्ष दिपक साउदले जानकारि दिनुभयो।

डोटि युवा समाजका सदस्यहरू मासिक २०० उठाएर गाउँ घरका दुखि गरिब र बिपन्न परिवारलाई सहयोग गर्ने साउदले जानकारि दिनुभयो, युवाहरूको शारीरिक तथा मानसिक विकासका लागि समेत सहयोग गर्ने अध्यक्ष साउदले जानकारि दिनुभयो।

बन्दाबन्दिको समयमा असाहाय बिपन्न बर्गलाई आफ्नो क्षेत्रबाट र आफ्नो ब्यक्तिगत तर्फबाट बिभिन्न माध्यमबाट सहयोग समेत गर्दै आएका साउदले अहिले पनि बिभिन्न संघ संस्था खोलि सहयोग गर्दै आएका छन ,गरिब असाहाय बिपन्न बर्गलाई सहयोग गर्दा आफु खुशि र सन्तुस्ट हुन्छु उहाले बताउनु भयो,आफ्नो ब्यक्तिगत तर्फबाट समेत सहयोग गर्दै आएको उहाले स्पस्ट पार्नु भयको छ।

डोटि युवा समाजले गरेको समितिमा अध्यक्ष दिपक साउद, उपाध्यक्ष आयुष बोहोरा कोषाध्यक्ष सुनिल बोहोरा सचिव बिक्रम चन्द सह सचिव महेन्द्र साउद तथा २२ सदस्य समेतको संस्था गठन गरेका हुन।

२०७९ जेष्ठ २९, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ २९, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ