दोलखाको तामाकोशी गाउँपालिका–७ हाँवामा एक महिलाको शव फेला परेको छ।

शुक्रबार सोही ठाउँको नेपाने गाउँ निवासी ५१ वर्षीया मानकुमारी सुनुवारको शव फेला परेको हो।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका ईलाका प्रहरी कार्यालय जिरीले जनाएको छ। भीरबाट हाम फाल्दा उनको मृत्यु भएको अनुमान स्थानीयले गरेका छन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

२०७९ जेष्ठ २८, शनिबार