+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्राकृतिक विपत्ति : दुई महिनामै ६० जनाको मृत्यु

Bhojpur paani
अत्रिदेव खबर
२०७९ जेष्ठ २८, शनिबार

पछिल्ला दुई महिनामा प्राकृतिक विपदका घटनामा परेर ६० जनाको मृत्यु भएको छ।

 

२०७९ वैशाख १ देखि यही जेठ २७ गते (बिहीबार) सम्म प्राकृतिक विपदका विभिन्न घटनामा परेर देशभर ६० जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणले जनाएको छ।

यस अवधिमा विपदका घटनामा परेर १४८ जना घाइते भएका छन्।

त्यसैगरी यस अवधिमा प्राकृतिक विपदका घटनाबाट देशभर ४८ करोड ८३ लाख ९८ हजार ६० रूपैयाँ बराबरको धनमाल क्षति भएको प्राधिकरणले जनाएको छ।

दुई महिनाको अवधिमा सबैभन्दा बढी चट्याङ लागेर २६ जनाको मृत्यु भएको छ।

त्यसैगरी आगलागीमा परेर १४, जंगली जनावरको आक्रमणबाट ८ जना, हावाहुरीले ७ जना, पहिरोमा परेर ३ जना र सर्पदंशबाट २ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

 

 

२०७९ जेष्ठ २८, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ २८, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर