+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दियाको झडपमा एक जनाकाे ज्यान गयाे, एक दर्जन घाइते

Bhojpur paani
अत्रिदेव खबर
२०७९ जेष्ठ २३, सोमबार

बर्दिया – बर्दियाको मधुवन नगरपालिकामा वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक युवतीकाे ज्यान गएकाे छ । ज्यान गुमाउनेमा मधुवन २ कि नविना चाैधरीकाे ज्यान गएकाे हाे ।

झपडका क्रममा प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित सात प्रहरी, दुई सशस्त्र र दुई सर्वसाधारण घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । झपडका क्रममा प्रहरीले दर्जनौँ सेल अश्रुग्याससहित लाठी चार्ज र रबरकाे गाेली प्रहार गरेको छ । मधुवनको ओरालीमा भएको प्रदर्शन रोकिए पनि गुलरिया–राजापुर सडक खण्ड अझै बन्द रहेको छ।

आज दिउँसो बाघको आक्रमणमा परि मधुवन नगरपालिका २ कि ४१ वर्षीया अस्मिता थारु घाइते भएपछि आक्रोशित स्थानीयवासीले प्रदर्शन गरेका हुन् । घर नजिकैको जङ्गलमा घाँस काट्न जाँदा थारुलाई बाघले आक्रमण गरी घाइते बनाएकाे हो । थारुको अहिले नेपालगन्ज मेडिकल कलेज   उपचार भइरहेको छ ।

२०७९ जेष्ठ २३, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ २३, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर