+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घोडाघोडीमा रुखमा झुन्डिएको अवस्थामा एक महिलाको शव फेला

Bhojpur paani
अत्रिदेव खबर
२०७९ जेष्ठ २१, शनिबार

बौनिया/ कैलालीको घोडाघोडी नगरपालिका-६ मा रहेको शिबशक्ती सामुदायिक बनमा रुख झुण्डिएको अवस्थामा महिलाको शव फेला परेको छ। शनिबार बिहान घोडाघोडी नगरपालिका वार्ड नम्बर ६, को बनमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको स्थानीय राम जनालाको श्रीमतीको जलुकी जनाला  रहेको  इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।  दोपट्टाको पासोमा झुन्डिएको अवस्थामा शव फेला परेको थियो ।

शुक्रवार  दिउँसो ३ बजे घर बाट  नुहाउन जान्छु भन्दै निस्किएको र परिवारले बेलुका सम्म खबर नपाएपछि परिवारले  शनिबार बिहान महिलाको शव फेला परेको परिवारले जनाएको छ । शव रुखमा झुण्डिएको अवस्था फेला परेपछि अस्थायी प्रहरी पोस्ट बछुरियालाइ खबर पाएपछि प्रहरी पुगेको थियो । शवलाई पोस्टमार्टमको लागि टिकापुर अस्पताल पठाइने प्रहरीले बताएको छ ।

२०७९ जेष्ठ २१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ २१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर