+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्थानीय जनप्रतिनिधिलाई आयोगको आग्रह : जिसस चुनाव नसकी कार्यक्षेत्र नछाड्नू

Bhojpur paani
अत्रिदेव खबर
२०७९ जेष्ठ २०, शुक्रबार

२० जेठ, काठमाडौं । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न नभएसम्म आफ्नो कार्यक्षेत्र नछाड्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेको छ ।

आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले विज्ञप्ति जारी गरी जिससको चुनाव नसकिँदासम्म जनप्रतिनिधिलाई लक्षित गरी कुनै कार्यक्रम नराख्न पनि आग्रह गरेको छ ।

हरेक जिल्लामा रहने जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था छ । जिससको निर्वाचन कार्यक्रम सुरु भएपछि बीचमा रोक्न नमिल्ने भन्दै आयोगले जिसस निर्वाचन नसकिँदै जनप्रतिनिधि प्रभावित गर्ने गरी कार्यक्रम नराख्न आग्रह गरेको हो ।

जिससको निर्वाचन सम्पन्न नभएसम्मका लागि उक्त निर्वाचनलाई प्रभावित पार्ने गरी स्थानीय तहका जनप्रतिनिधिलाई लक्षित गरेर कुनै पनि प्रकारका प्रशिक्षण, गोष्ठी, सेमिनार लगायतका कार्यक्रम आयोजना नगर्न नगराउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सम्पूर्ण राजनीतिक दल एवं अन्य सरोकारवालालाई आयोग हार्दिक आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

२०७९ जेष्ठ २०, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ २०, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर