+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वृद्धभत्ताको उमेर किन घटाइयो, अर्थमन्त्रीले दिए स्पष्टीकरण

Bhojpur paani
अत्रिदेव खबर
२०७९ जेष्ठ २०, शुक्रबार

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत वृद्धभत्ताको उमेर घटाएको छ।

ज्येष्ठ नागरिकले लिने वृद्धभत्ता यसअघि ७० वर्ष भएकाले पाउनेमा त्यसलाई घटाई ६८ वर्षमा झारिएको हो।

अहिले संसदमा चलिरहेको बजेट छलफलमा सांसदहरुले उमेर घटाइएको बारे सोधेपछि अर्थमन्त्री जनार्दन शर्माले त्यसको कारण दिएका छन्।

सांसदहरुले विना आधार उमेर घटाइएको भनिरहँदा अर्थमन्त्रीले भने विपन्न वर्गको औसत आयु कम हुने देखिएको कारण उमेर घटाउनुपरेको बताएका हुन्।

त्यस्तै प्रदेशगत गत रुपमा हेर्दा सुदूरपश्चिम र कर्णाली प्रदेशको औसत आयु नै ६७÷६८ हाराहारीमा देखिन्छ। त्यसकारणले ६८ वर्ष उमेरलाई वृद्धभत्ता दिने भनिएको हो।

१५औँ आवधिक योजनाको तथ्याङ्कले नै सोही देखाएको अर्थमन्त्री जनार्दन शर्माले बताए।

 

२०७९ जेष्ठ २०, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ २०, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर