+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

थुनुवा हतकडीसहित फरार

Bhojpur paani
अत्रिदेव खबर
२०७९ जेष्ठ १९, बिहिबार

धनगढी । इलाका प्रहरी कार्यालय सुखड कैलालीको एक थुनुवा कैदी हतकडीसहित फरार भएका छन् । जेठ १८ गते मेडिकलका लागि सुखडको घोडाघोडी अस्पतालबाट फर्कने क्रममा घोडाघोडी २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन् ।

जेठ १४ जेठ घोडाघोडी २ साडेपानीका कृष्ण पाण्डेय र प्रकाश शाहलाई लागुऔषधको मुद्दामा पक्राउ गरी थुनामा राखेको थियो । दुवैजनालाई मेडिकल जाँचका गरी स्थानीय घोडाघोडी अस्पतालबाट फर्कने क्रममा कृष्ण पाण्डेय फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) वेद जोशीले जानकारी दिए ।

दुवैलाई जेठ १८ गते पेटको समस्या भएको भन्दै उनीहरूलाई मेडिकलका लागि लगिएको थियो । “दुवै जनालाई एउटै हतकडी लगाइएको थियो”  प्रहरी नायव उपरीक्षक जोशीले भने –“प्रकाशको भने हातबाट हतकडी फुत्क्यो कृष्ण हतकडीसहित भागेका हुन् ।’ दुवै जनालाई म्याद थप गरी इलाका प्रहरी कार्यालय सुखडमा राखी थप अनुसन्धान भइरहेको थियो ।”

फरार भएका थुनुवालाई खोजीका लागि जिल्ला र इलाकाको टोली खटिएको प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए ।

२०७९ जेष्ठ १९, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ १९, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर