+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तारा एयरको जहाज १२ हजार ८ सय फिटको उचाइमा उडिरहेको बेला १० बजेर ७ मिनेटमा सम्पर्कविहीन

Bhojpur paani
अत्रिदेव खबर
२०७९ जेष्ठ १५, आईतबार

तारा एअरको नाइन एन- एइटी जहाज पोखराबाट जोमसोमतर्फ जाने क्रममा आइतबार बिहान हराएको छ।

फ्लाइटराडारको तथ्याङ्कअनुसार जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो। जहाज युटिसी टाइम ४ बजेर २२ मिनेटमा हराएको थियो। जुन नेपाली समय अनुसार बिहान १० बजेर ७ मिनेट हुन्छ।

जहाज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए। तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उनले जानकारी दिए।

जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए। चालक दलमा अरू दुई जना सदस्य रहेको बर्तौलाले जानकारी दिए।

मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीका अनुसार १० बजेर १५ मिनेटमा अवतरण हुनुपर्ने थियो। तर मुस्ताङको आकाशमा प्रवेश गरिसकेपछि जहाज सम्पर्कविहीन भएको दानीले बताए।

जहाजको खोजीकार्य भइरहेको छ।

२०७९ जेष्ठ १५, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ १५, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर