+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरकारी जग्गा बैना गरी ठगी गर्ने दुई जना पक्राउ

Bhojpur paani
अत्रिदेव खबर
२०७९ जेष्ठ १३, शुक्रबार

सरकारी जग्गासमेत बैना गरी ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका–७ बस्ने ७२ वर्षीय केशव प्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ बस्ने ५८ वर्षीय ईश्वर गाईजु रहेका छन्।

उनीहरुले भक्तपुर साविक सुडाल गाविस–४ ‘क’ मा रहेको विभिन्न कित्ता नम्बरहरु अर्कैको नाममा रहेको जग्गा सम्बन्धित जग्गा धनीसँग अनुमती नलिई अनुमती लिएको छौँ भनी झुक्याएको खुलेको छ।

साथै, किता नम्बर ३९९ क्षेत्रफल (०-४-०-०) सरकारी जग्गा रहेको देखिन आएकोले सो जग्गा समेत बिक्री गर्न करारनामा गरी बैना बापत ५ करोड २० लाख रुपैयाँ पीडितबाट ठगी गरेको प्रहरीले जनाएको छ।

सो सम्बन्धी खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई भक्तपुर नगरपालिका(१० मालपोत गेटबाट पक्राउ गरेको हो।

उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ।

२०७९ जेष्ठ १३, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ १३, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर