+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यौन दुर्व्यवहार आरोपमा सौन्दर्य प्रतियोगिताका आयोजक पक्राउ

Bhojpur paani
अत्रिदेव खबर
२०७९ जेष्ठ १२, बिहिबार

सौन्दर्य प्रतियोगिताका नाममा सहभागी प्रतियोगीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा झापाको दमकमा आयोजक संस्थाका प्रमुख पक्राउ परेका छन्।

सौन्दर्य प्रतियोगितामा सहभागीले उनीविरूद्ध उजुरी दिएपछि दमक प्रहरीले दमक–५ का लालबहादुर शंकर पक्राउ गरेको हो।

उनीविरूद्ध उजुरी आएपछि हामीले मंगलबार नियन्त्रणमा लिएर अदालतबाट सात दिनको म्याद थप गरेका छौं’, दमक प्रहरी प्रमुख डिएसपी दिलिप गिरीले भने, ‘म्याद बुधबार थपेका हौं। अहिले अनुसन्धान जारी छ।’

दमकमै रहेको शंकर आर्ट्स फाउन्डेसनका निर्देशकसमेत रहेका लालबहादुर नृत्य प्रशिक्षकसमेत हुन्।

उनले ‘मिस्टर एण्ड मिस कलेज–२०२२’ प्रतियोगिता गएको वैशाखमा आयोजना गरेका थिए। त्यही प्रतियोगिता जिताइदिने प्रलोभन देखाउँदै उनले सहभागीलाई यौन दुर्व्यवहार गर्न खोजेको उजुरी आएको प्रहरीले जनाएको छ।

‘पीडितले उजुरी दिएपछि हामीले पक्राउ गरेर अनुसन्धान जारी राखेका छौं’, डिएसपी गिरीले भने,‘पीडितको मेडिकल रिपोर्ट आउने क्रममा छ। त्यसपछि थप तथ्य आउनेछ।’

पीडितले आफूलाई प्रतियोगिता जिताइदिने त्यसबापत के दिने भनेर बारम्बार तनाव दिएको उजुरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ।

२०७९ जेष्ठ १२, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ १२, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर