+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा सरकारले मेडिकल कलेज खोल्ने

अत्रिदेव खबर
२०७९ जेष्ठ १०, मंगलबार

सरकारले डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याउने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज खोल्ने नीति सरकारले सार्वजनिक गरेको छ।

आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसदको संयुक्त बैठकमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने बताइन्।

‘सुदूरपश्चिम विश्वविद्यालयको सहयोगमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइनेछ,’ राष्ट्रपतिले भनिन्। साथै सरकारले प्रत्येक प्रदेशमा दुई वटा मेडिकल कलेज प्रतिष्ठान सञ्चालन गर्ने नीति लिइएको पनि उल्लेख छ।

२०७९ जेष्ठ १०, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ १०, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ