+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

अत्रिदेव खबर
२०७९ जेष्ठ १०, मंगलबार

काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन्।

मंगलबार बिहान कलेजका विद्यार्थीहरू आन्दोलित भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए।

 

विद्यार्थीहरूमाथि दुर्व्यवहार भएको भन्ने खबर पाएपछि प्रहरीको टोली पुगेको थियो।

 

अहिले प्रहरी परिसर वृत्त गौशालाले घटनासम्बन्धी बुझ्ने काम भइरहेको गिरीले बताए।

 

अहिले विद्यार्थी तथा अभिभावकहरू गौशालामा छन्,’ उनले भने, ‘जाहेरीहरू लेख्ने काम भइरहेको छ। दर्ता भइसकेको छैन। पीडितहरू धेरै छन्। बुझ्ने काम भइरहेको छ। सबै कुरा खुलिसकेको छैन।’

२०७९ जेष्ठ १०, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ १०, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ