+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अघिल्लो पटक वडा सदस्य जितेकी राधिकाले यसपटक जितिन् वडा अध्यक्ष

Bhojpur paani
अत्रिदेव खबर
२०७९ जेष्ठ ९, सोमबार

भूगोलमा देशकै ठूलो पोखरा महानगरमा एकमात्र महिला वडा अध्यक्ष निर्वाचित भएकी छन्।

 

महानगरमा रहेका ३३ वटा वडामध्ये पोखरा–१७ को वडा अध्यक्षमा एमाले उम्मेदवार राधिका शाही निर्वाचित भएकी हुन्।

२०७४ को स्थानीय निर्वाचनमा वडा सदस्य जितेकी राधिकाले यसपटक वडा अध्यक्षको टिकट पाएकी थिइन्।

 

उनले २ हजार ९६७ मत पाएर विजयी भइन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका देवराज आचार्यले २ हजार ५४४ मत पाए। वडा सदस्यहरूमा पनि एमालेको प्यानल नै विजयी भएका छन्।

वडा अध्यक्ष र सदस्यमा एमालेका प्यानल नै जितेको उक्त वडामा मेयरमा भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता लिएका छन्।

आचार्यले वडा नम्बर १७ बाट २ हजार ६६९ मत पाएका छन् भने एमाले उम्मेदवार कृष्ण थापाले २ हजार ४५९ मत पाए।

 

उपमेयरमा एमाले उम्मेदवार मञ्जुदेवी गुरूङले धेरै मत पाएकी छन्। गुरूङले २ हजार ९६७ मत पाइन् भने कांग्रेसका उपमेयर उम्मेदवार कोपिला रानाभाटले २ हजार २९२ मत पाएकी छन्।

२०७९ जेष्ठ ९, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ ९, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर