+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घरभित्रै युवकको हत्या गरी खोलामा फाल्ने दुईजना पक्राउ

Bhojpur paani
अत्रिदेव खबर
२०७९ जेष्ठ ९, सोमबार

काठमाडौंमा युवकको हत्या गरी शव खोलामा फालेको आरोपमा २ जना पक्राउ परेका छन्।

उपत्यका प्रहरी अपराध महाशाखाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका ८ बराम्चेका ३५ वर्षीय जीवन भन्ने कान्छा तामाङको हत्या अभियोगमा २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुर बाग्मती गाउँपालिका ६ फापरबारी सानो कायरका ठोकर कान्छा भन्ने कान्छामान ठोकर र ललितपुर गोदावरी नगरपालिका ६, लेलेकी गायत्री नगरकोटी छन्।

उनीहरुले बालाजु संरक्षण समिति एवं श्री शिव मन्दिर गंगा पहलमान पौवा परिसरभित्र रहेको भवनभित्र हत्या गरी जीवनको शव विष्णुमती खोलामा फालेको आरोप छ।

 

वैशाख २८ गते हत्या गरेर तन्ना र खरानी रङको म्याट्रिसले बेरेर दक्षिणकालीस्थित पावरहाउस नजिकै खोलामा फालेका थिए। जेठ ५ गते शव फेला परेको थियो।

हत्यामा संलग्न रहेका मकवानपुरको बाग्मती गाउँपालिका फापरबारीका दिपक वाइवा तामाङ फरार छन्।

२०७९ जेष्ठ ९, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ ९, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर