+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भरतपुरमा रेनुको फराकिलो अग्रता, विजय सुवेदी ७४१५ मतले पछि

Bhojpur paani
अत्रिदेव खबर
२०७९ जेष्ठ ८, आईतबार

भरतपुर महानगरपालिकाको मेयरमा सत्तागठबन्धनले फराकिलो अग्रता बनाएको छ। ८९ हजार ५ सय ८ गणना हुँदा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३५ हजार ९८ मत पाएकी छन्।

 

उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले २७ हजार ६ सय ८३ मत पाएका छन्। राप्रपासँग गठबन्धन गरेको एमाले सत्ता गठबन्धनसँग ७,४१५ मतले पछि छ।

यस्तै येमर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८३५ मत पाएका छन्।

 

उपमेयरतर्फ पनि सत्ता गठबन्धनकै उम्मेदवार अगाडि छन्। गठबन्धनबाट साझा उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३७ हजार ३ सय २६ मत पाएका छन्। उनलाई राप्रपाकी हिमला गुरूङले २१ हजार ९०० मत ल्याएर पछ्याइरहेकी छन्।

एमालेसँग गठबन्धन गरेको राप्रपाले उपमेयरमा सत्ता गठबन्धनभन्दा १५ हजार ४ सय २६ मतले पछि परेको छ।

 

२०७९ जेष्ठ ८, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ ८, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर