+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

Bhojpur paani
अत्रिदेव खबर
२०७९ जेष्ठ ७, शनिबार

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ।

 

संसदमा पेस हुन लागेको सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न शनिबार दिउँसो सत्तारूढ दलका नेताहरूको बैठक बसेको हो। बैठक केहीबेरअघि सकिएको छ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए।

 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल पनि बैठकमा उपस्थित थिए। सरकारले जेठ १० गते नीति तथा कार्यक्रम पेस गर्दै छ।

वैशाख ३० गते स्थानीय तहको चुनाव भएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूको पहिलो पटक बैठक बसेको हो।

चुनावमा सत्ता गठबन्धनले केन्द्रबाटै ६ महानगर र ११ उपमहानगरमा भागबन्डा गर्ने निर्णय गरेको थियो।

 

यसअघि जेठ ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाका भाइको निधन भएपछि उनले तीन दिन भेटघाट रोकेका थिए। अहिले पनि सेतो पहिरनमा रहेका देउवाले अत्यावश्यक भेटघाटमात्र गरिरहेका छन्।

२०७९ जेष्ठ ७, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ ७, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर