+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काभ्रेमा एमालेको विरासत जोगाए अशोक व्याञ्जुले

Bhojpur paani
अत्रिदेव खबर
२०७९ जेष्ठ ६, शुक्रबार

काभ्रेको धुलिखेल नगरपालिकामा एमाले विजयी भएको छ।

 

काभ्रेका १३ मध्ये धुलिखेलमा मात्रै एमाले विजयी भएको हो। नतिजा आउन बाँकी पाँचखालमा पनि कांग्रेसभन्दा एमाले धेरै पछाडि छ। धुलिखेलमा एमालेका अशोक व्याञ्जु निर्वाचित भएका छन्। उनले ८ हजार ३ सय ४९ मत पाएका छन्। उनका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार विदुर बस्नेतले ७ हजार ४०९ मत प्राप्त गरेका छन्। बस्नेतले सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीबाट दयासागर श्रेष्ठ उम्मेदवार बनेपछि नेपाली कांग्रेसका बस्नेतले उम्मेदवारी दिएका हुन्। श्रेष्ठले भने १ हजार ७ सय ८३ मत मात्रै ल्याएका छन्।

उपमेयरमा भने नेपाली काग्रेसका निराजन जंगमले ७ हजार ९ सय ३८ मत ल्याएर विजयी भएका छन्। दोस्रो भएकी एमाले उम्मेदवार लालतारा अधिकारीले ७ हजार ७ सय ९१ मत ल्याइन्।

 

२०७४ को स्थानीय निर्वाचनमा एमालेले काभ्रेका १३ मध्ये ७ पालिका जितेको थियो। उसले धुलिखेलसहित पनौती, बनेपा, नमोवुद्धजस्ता महत्वपूर्ण नगरपालिका समेत जितेको थियो।

यसपटक भने काभ्रेमा एमालेको विरासत व्याञ्जुले मात्रै जोगाएका छन्। उनी यसअघि पनि धुलिखेलकै मेयर थिए। उनी एमालेको काभ्रे अध्यक्षसमेत हुन्।

२०७९ जेष्ठ ६, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ ६, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर