+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

१६ वर्षमा बलात्कारमा परेकी युवतीको घरमा पुग्यो प्रहरी टोली

Bhojpur paani
अत्रिदेव खबर
२०७९ जेष्ठ ६, शुक्रबार

आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा कन्सल्टेन्सीका सञ्चालकले बलात्कार गरेको घटनाकी पीडित युवतीलाई भेट्न प्रहरी उपरीक्षकसहितको टोली पुगेको छ।

 

शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक, परामर्शदाता लगायत पीडितलाई भेट्न पुगेका हुन्।

मिस ग्लोबल इन्टरनेसनल- २०१४ मा सहभागी एक प्रतियोगीले मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले आठ वर्षअघि आफूलाई बेहोस हुने औषधी मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी छन्।

उनी त्यसबेला १६ वर्षकी थिइन्।

 

सो कुरा सार्वजनिक भएपछि शुक्रबार संसदमा पनि यस विषयमा कुरा उठेको थियो।

 

सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै यसमा छानबिन गर्न र सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएका थिए।

घटना सार्वजनिक भएपनि बलात्कारसम्बन्धी हद म्यादका कारण जाहेरी दर्ता गर्न नमिलेको पीडित युवतीले बताएकी थिइन्।

पीडितको अवस्थाबारे बुझ्न, भिक्टिम सपोर्ट गर्न हाम्रो टोली त्यहाँ पुगेको छ। एसपी, डिएसपी, काउन्सेलर सहितको टोली पुगेको हो,’ कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले भने, ‘हद म्यादका कुराहरू पनि आएका छन्। के गर्न सकिन्छ भनेर हामीले आन्तरिकरूपमा कानुनविज्ञहरूसँग छलफल गरिरहेका छौं।

२०७९ जेष्ठ ६, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ ६, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर